१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रतिनिधिसभाको बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित



काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुका बीचमा बैठक सञ्चालनका लागि सहमति नजुटेपछि ३ः१५ का लागि सारिएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्नेगरी सूचना टाँस गरिएको संसद् सचिवालयले जनाएको छ ।

भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन् । मङ्गलबार पनि प्रतिपक्षी दलहरुले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो ।

आजको बैठकमा यहि जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आव २०८२/८३ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ४ : २४ बजे

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक