३२ असार २०८३, बिहिबार | July 16, 2026

वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री राणा



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु हो भनेका छन ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई आज धनगढीमा सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन, “मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो । त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो ।”

मन्त्री डा राणाले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसैका लागि वर्तमान सरकार कार्यरत रहेको धराणा पनि राखिन ।

कानुनमा सुधार गरेर हुन्छ या नयाँ नीति नियमहरू निर्माण गरेर लगानीमैत्री वातावरण निर्माण गरी स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनमा वर्तमान सरकार लागेको पनि उनले बताइन ।

मन्त्री डा राणाले सरकारको आर्थिक विकासको एजेण्डालाई थप प्रवर्द्धन गर्न आफूले परराष्ट्र मन्त्रालयमा अलग्गै आर्थिक कूटनीति महाशाखाको स्थापना गरेर कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउने कामका लागि सहजीकरण गरिरहेको जानकारी पनि दिइन ।

मन्त्री डा राणाले कुनै पनि देशको आर्थिक विकासको इञ्जिन भनेको निजी क्षेत्र हो भन्ने मान्यतामा वर्तमान सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस रहेको स्पष्ट गर्दै लगानीमैत्री नीति तथा कानुनहरू निर्माण गरेर बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको पनि बताइन ।

उनले भनिन, “जुनसुकै लगानीका लागि पनि राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्दछ, यो स्वाभाविक हो । त्यस्तै कुनै पनि देशमा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न स्वदेशी लगानीकर्ताहरूलाई पनि उचित वातावरण आवश्यक पर्दछ । यो वास्तविकता बुझेर वर्तमान सरकारले काम गरिरहेको छ ।”

मन्त्री डा राणाले सुदूरपश्चिम पर्यटन, संस्कृति, कृषि उपजलगायत धेरै क्षेत्रमा धेरै सम्भावना बोकेको प्रदेश हो भन्दै सो क्षेत्रमा बढीभन्दा बढी लगानी गरेर मुनाफा लिन निजी क्षेत्रलाई आह्वान पनि गरिन । साथै मन्त्री डा राणाले आफ्ना क्षेत्रमा ठूलो लगानी भित्र्याउनका लागि प्रदेश सरकार तथा स्थानीय नागरिकहरू पनि आफ्ना ठाउँबाट सशक्त रूपमा लाग्नुपर्ने धारणा राखिन ।

उनले भनिन, “यस क्षेत्रको विकासका लागि सबै एकजुट भएर लागौँ । विकासमा राजनीति शोभनीय हुँदैन । राजनीतिलाई आफ्ना ठाउँमा राखौँ र आफ्ना क्षेत्रको विकासका लागि एकमत बनाएर लागौँ ।”

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ६ : ३३ बजे

सांसदले पाउने भए फेरि स्वकीय सचिवको सुविधा

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,