३ पुस २०८२, बिहिबार | December 18, 2025

आईसीसी विश्वकप लिग-२ : नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य



काठमाडौं । नेदरल्यान्ड्सले आईसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रनको योगफल खडा गरेको हो ।

नेदरल्यान्ड्सका नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए । उनले ५५ बलमा पाँच चौका प्रहार गरे । कप्तान स्कट एडवार्ड्सले ४६ रन बनाए । उनले ७१ बलमा चार चौका प्रहार गरे । विक्रमजित सिंहले ३८ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले दुई-दुई विकेट लिए ।

लिग-२ को आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ७ : ५४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन