१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बुटवलमा अवैधानिक रुपमा चलेका ६ वटा क्लिनिक एक डेन्टल क्लिनिकमा प्रशासनको ताला



बुटवल । बुटवलमा कानूनी प्रक्रिया नपु¥याई सञ्चालनमा रहेका ६ वटा क्लिनिक र एक डेन्टल क्लिनिकलाई जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनपछि बन्द गराइएको छ । स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा समेत नियम विपरीत सेवा प्रवाह भइरहेको उजुरीहरू आएपछि जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च तथा सुरक्षाकर्मीको संयुक्त टोलीले अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाका अनुसार अनुगमनका क्रममा बुटवलका ११ वटा क्लिनिक तथा मेडिकल जाँच गर्दा ६ वटा क्लिनिक दर्ता विना नै सञ्चालनमा रहेको पाइएको हो । बन्द गरिएका क्लिनिकहरूमा बरदान क्लिनिक प्रा.लि., शिला मेडिकल हलको क्लिनिक, रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक र चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसी अन्तर्गतको कलेक्स ल्याब, रहेका छन् । त्यस्तै बुटवल डेण्टल प्रा.लि. लाई समेत दर्ता बिना सञ्चालन गरेको पाइएपछि बन्द गरिएको प्रशासनले जनाएको छ ।

बुटवलमा स्त्रीरोग तथा प्रसुति सेवामा चिनिएकी डा। शिला क्षेत्री कार्यरत बरदान क्लिनिक समेत दर्ता विना सञ्चालनमा रहेको भेटिएपछि टोलीले सो क्लिनिकमा ताला लगाएको हो । उनी कार्यरत क्लिनिक नै कानूनी प्रक्रिया बिना सञ्चालनमा रहेको पुष्टि हुनु स्वास्थ्य क्षेत्रमा रहेको लापरवाहीको उदाहरण भएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा केही स्थानमा मेडिकल फार्मेसी र क्लिनिक एकै छानामुनि सञ्चालनमा रहेका भए पनि फार्मेसी मात्र दर्ता गरिएको र क्लिनिक दर्ता नगरिएको पाइएको छ । यस्तो अवस्थामा क्लिनिकको सेवा बन्द गरिए पनि फार्मेसी सञ्चालनमा रहेको प्रशासनले स्पष्ट पारेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रानाका अनुसार दर्ता प्रक्रिया पूरा नगरेका क्लिनिक तथा डेन्टलहरूलाई अब प्रमाणपत्र नल्याइ पुनः सञ्चालनको अनुमति दिइने छैन । “अबदेखि सेवा दिन चाहने सबैले स्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायमा दर्ता गराई मात्र सञ्चालन गर्न सक्नेछन्,” उनले भने ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ३ : २२ बजे

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण