२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु



किएभ । उत्तरी युक्रेनी सहर प्रिलुकीमा रुसी ड्रोन हमलामा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएको युक्रेनी अधिकारीले बिहीबार बताएका छन् ।

“भग्नावशेषमुनि फेला परेका दुई महिला र एक वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ”, चेर्निगिभका क्षेत्रीय अधिकारी व्याचेस्लाभ चौसले टेलिग्राममा लेखेका छन, “छ जना घाइते भएका छन् र अस्पतालमा भर्ना भएका छन्, विस्फोटले आवासीय क्षेत्रका घरहरूमा क्षति पु¥याएको छ ।”

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि दशौँ हजार मानिस मारिएका छन्, पूर्वी र दक्षिणी युक्रेनका क्षेत्रहरू ध्वस्त भएका छन् र लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

युक्रेनले रूसी भूमिमा बदला लिएको छ, सप्ताहन्तमा रूसी सैन्य एयरबेसहरूमा नाटकीय ड्रोन आक्रमण गरी अर्बौं डलरको आणविक हतियार बोक्न सक्ने विमानहरू नष्ट गरेको छ ।

रुसी नेता भ्लादिमिर पुटिनले किएभको आक्रमणको बदला लिने बताउनुभएको छ र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग युद्धविराम वा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेको देखिन्छ ।

बुधबार युक्रेनको दक्षिण भागमा रूसले कब्जा गरेको खेरसन क्षेत्रमा भएको बम विष्फोटले यस क्षेत्र बिजुलीविहीन भएको गभर्नर भ्लादिमिर साल्डोले बताएका छन ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ४ : २५ बजे

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।