२ पुस २०८२, बुधबार | December 18, 2025

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो



काठमाडौं । साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच दशमलव ९९ अङ्कले घटेर दुई हजार ६४० दशमलव ९६ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ११ कम्पनीको एक करोड ७१ लाख आठ हजार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिदबिक्री हुँदा रु सात अर्ब ९७ करोड आठ लाख ८६ हजार ६६३ दशमलव ४६ को कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ बराबरको कारोबार भएकामा आज कारोबार रकम भने बढेको हो ।

आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ । एक सय ९३ कम्पनीको शेयर मूल्य घट्दा एउटा कम्पनी स्थिर छ । रिर्भस फल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ५ : ४३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल