२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

बैंगलोर भागदौडमा ११ को मृत्यु : आरसीबीका अधिकारीसहित चारजना पक्राउ, आठ प्रहरी निलम्बित



नयाँदिल्ली । बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा भएको भागदौडको घटनामा यो सिजनको इन्डियन प्रिमियर लिग विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का वरिष्ठ मार्केटिङ अधिकारी निखिल सोसाले पक्राउ परेका छन् । उनलाई प्रहरी एयरपोर्टबाट पक्राउ गरेको हो । उनी मुम्बई भाग्ने तयारीमा रहेको खुलेको छ ।

यससँगै, क्यूब्बन पार्क थाना प्रहरीले इभेन्ट म्यानेजमेन्ट कम्पनी डीएनए इन्टरटेनमेन्ट प्रालिका तीन अधिकारी किरण, सुमन र सुनील मैथ्युलाई पनि हिरासतमा लिएको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यसैबीच, कर्नाटक स्टेट क्रिकेट संघ (केएससीए) का सचिव शंकर र कोषाध्यक्ष जयराम फरार भएका छन् । प्रहरीका अनुसार उनीहरू घरमा फेला परेका छैनन् ।

११ जनाको ज्यान जानेगरि भएको यस घटनापछि मुख्यमन्त्री सिद्धारमैयाले बेंगलुरु प्रहरी आयुक्त बी दयानन्दसहित ८ प्रहरी अधिकारीलाई निलम्बन गरेका छन् । बी दयानन्दको स्थानमा आईपीएस अधिकृत सीमन्त कुमार सिंहलाई नयाँ प्रहरी आयुक्त नियुक्त गरिएको छ

मुख्यमन्त्रीले आरसीबी र डीएनए इभेन्ट कम्पनीका जिम्मेवार अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिएका थिए । घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश माइकल डी’कुन्हाको अध्यक्षतामा एक सदस्यीय आयोग गठन गरिएको छ । जसले ३० दिनभित्र रिपोर्ट बुझाउनेछ ।

घटनाका ५ मुख्य कारण

चिन्नस्वामी स्टेडियमको गेट नं. १५ र २० मा सर्वाधिक भीड : यी दुई गेटमा भीड अत्यधिक थियो। गेट खुल्नेबित्तिकै मानिसहरू एक-अर्कामाथि चढ्न थाले, धेरैजना किचिए ।

मेडिकल र प्रहरीको कमजोर तयारी : स्टेडियममा मेडिकल कमान्ड सेन्टर थियो तर त्यो दिन खुलेको थिएन । न त त्यहाँ डाक्टर थिए, न पानी वा प्राथमिक उपचार । प्रहरीको संख्या पनि न्यून थियो । गेट खुल्दा मात्रै ३ जना प्रहरी थिए ।

मोबाइल बन्द : मोबाइल जाम हुँदा मानिसहरूले परिवारसँग सम्पर्क गर्न सकेनन्। सडकहरूमा अत्यधिक भीड हुँदा एम्बुलेन्स पनि स्टेडियम पुग्न सकेन ।

मेट्रोमा पनि कीर्तिमानी भीड: बेंगलुरु मेट्रोले त्यो दिन ९.६ लाख यात्रु सवार भएको जनाएको छ । साँझ ४:३० बजेपछि कब्बन पार्क र विधानसभा मेट्रो स्टेशन बन्द गरियो, जसले भीडलाई अझ अनियन्त्रित बनायो ।

प्रहरी भीभीआईपी सुरक्षामा व्यस्त : स्टेडियम नजिकैको सरकारी कार्यक्रममा प्रहरी भीभीआईपी सुरक्षामा खटिँदा स्टेडियमको भीड नियन्त्रणमा ध्यान दिइएन ।

मामिला उच्च अदालतमा

कर्नाटक उच्च अदालतले यस प्रकरणबारे आफैं जानकारी लिँदै राज्य सरकारलाई १० जुनभित्र विस्तृत रिपोर्ट बुझाउन आदेश दिएको छ । सरकारले अदालतमा प्रतिवेदन बुझाएको छ, जसमा घटनाको छानबिन अब सीआईडीर एसआईटीद्वारा हुने उल्लेख छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १२ : ५५ बजे

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

वार्ताअघि इस्लामाबाद बन्द

इस्लामाबाद । अमेरिका-इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली