९ माघ २०८२, शुक्रबार | January 23, 2026

बैंगलोर भागदौडमा ११ को मृत्यु : आरसीबीका अधिकारीसहित चारजना पक्राउ, आठ प्रहरी निलम्बित



नयाँदिल्ली । बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा भएको भागदौडको घटनामा यो सिजनको इन्डियन प्रिमियर लिग विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का वरिष्ठ मार्केटिङ अधिकारी निखिल सोसाले पक्राउ परेका छन् । उनलाई प्रहरी एयरपोर्टबाट पक्राउ गरेको हो । उनी मुम्बई भाग्ने तयारीमा रहेको खुलेको छ ।

यससँगै, क्यूब्बन पार्क थाना प्रहरीले इभेन्ट म्यानेजमेन्ट कम्पनी डीएनए इन्टरटेनमेन्ट प्रालिका तीन अधिकारी किरण, सुमन र सुनील मैथ्युलाई पनि हिरासतमा लिएको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यसैबीच, कर्नाटक स्टेट क्रिकेट संघ (केएससीए) का सचिव शंकर र कोषाध्यक्ष जयराम फरार भएका छन् । प्रहरीका अनुसार उनीहरू घरमा फेला परेका छैनन् ।

११ जनाको ज्यान जानेगरि भएको यस घटनापछि मुख्यमन्त्री सिद्धारमैयाले बेंगलुरु प्रहरी आयुक्त बी दयानन्दसहित ८ प्रहरी अधिकारीलाई निलम्बन गरेका छन् । बी दयानन्दको स्थानमा आईपीएस अधिकृत सीमन्त कुमार सिंहलाई नयाँ प्रहरी आयुक्त नियुक्त गरिएको छ

मुख्यमन्त्रीले आरसीबी र डीएनए इभेन्ट कम्पनीका जिम्मेवार अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिएका थिए । घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश माइकल डी’कुन्हाको अध्यक्षतामा एक सदस्यीय आयोग गठन गरिएको छ । जसले ३० दिनभित्र रिपोर्ट बुझाउनेछ ।

घटनाका ५ मुख्य कारण

चिन्नस्वामी स्टेडियमको गेट नं. १५ र २० मा सर्वाधिक भीड : यी दुई गेटमा भीड अत्यधिक थियो। गेट खुल्नेबित्तिकै मानिसहरू एक-अर्कामाथि चढ्न थाले, धेरैजना किचिए ।

मेडिकल र प्रहरीको कमजोर तयारी : स्टेडियममा मेडिकल कमान्ड सेन्टर थियो तर त्यो दिन खुलेको थिएन । न त त्यहाँ डाक्टर थिए, न पानी वा प्राथमिक उपचार । प्रहरीको संख्या पनि न्यून थियो । गेट खुल्दा मात्रै ३ जना प्रहरी थिए ।

मोबाइल बन्द : मोबाइल जाम हुँदा मानिसहरूले परिवारसँग सम्पर्क गर्न सकेनन्। सडकहरूमा अत्यधिक भीड हुँदा एम्बुलेन्स पनि स्टेडियम पुग्न सकेन ।

मेट्रोमा पनि कीर्तिमानी भीड: बेंगलुरु मेट्रोले त्यो दिन ९.६ लाख यात्रु सवार भएको जनाएको छ । साँझ ४:३० बजेपछि कब्बन पार्क र विधानसभा मेट्रो स्टेशन बन्द गरियो, जसले भीडलाई अझ अनियन्त्रित बनायो ।

प्रहरी भीभीआईपी सुरक्षामा व्यस्त : स्टेडियम नजिकैको सरकारी कार्यक्रममा प्रहरी भीभीआईपी सुरक्षामा खटिँदा स्टेडियमको भीड नियन्त्रणमा ध्यान दिइएन ।

मामिला उच्च अदालतमा

कर्नाटक उच्च अदालतले यस प्रकरणबारे आफैं जानकारी लिँदै राज्य सरकारलाई १० जुनभित्र विस्तृत रिपोर्ट बुझाउन आदेश दिएको छ । सरकारले अदालतमा प्रतिवेदन बुझाएको छ, जसमा घटनाको छानबिन अब सीआईडीर एसआईटीद्वारा हुने उल्लेख छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १२ : ५५ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण