९ श्रावण २०८३, शनिबार | July 25, 2026

बुटवल बहुमुखी क्याम्पसमा ह्याकाथन प्रतियोगिता हुँदै, देशभरबाट १५ समुह छनोट



बुटवल । बुटवल बहुमुखी क्याम्पसको सूचना प्रविधि विषय (सीएसआईटी) मा अध्ययनरत विद्यार्थीको आयोजनामा राष्ट्रिय स्तरको ह्याकाथुन प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पस अन्तरगत रहेको सीएसआईटी एशोसिएसनको आयोजनामा यही जेष्ठ २५ गतेदेखि २७ गतेसम्म ‘बीएमसी इन्नोभेट एक्स’ नामसहित ह्याकाथन हुन लागेको हो ।

सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत देशका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरु बीच सञ्चालन गरिएको अनलाइन प्रतिस्पर्धापछि छनोट भएका १५ जना प्रतिस्पर्धी बीच फाइनल प्रतियोगिता गराउन लागिएको एशोसिएसनका अध्यक्ष सुमन भट्टराईले जानकारी दिए ।

विभिन्न क्याम्पसमा अध्ययनरत प्रोग्रामर, डिजाइनर साथै सफ्टवयर डेप्लोअर्स विद्यार्थीलाई प्रविधिको सहायतामा सामाजिक समस्या, डाटा एनलाइसिस, हार्डवयर नेटवर्किङ र म्यानेजमेन्टको क्षेत्रलाई वृहत सम्बोधन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिएका देशभरबाट अनलाइन प्रतिस्पर्धामा सहभागी ५५ जना विद्यार्थीबाट उत्कृष्ट १५ जना टनोट गरिएको उनले जानकारी दिए ।

बुटवल बहुमुखी क्याम्पसमा ४८ घण्टाको प्रतिस्पर्धा अन्तरगत पहिलो ३६ घण्टा सफ्टयर कोडिङ तथा डेप्लवको समय रहने छ भने बाँकी १२ घण्टा उक्त आविष्कार बारे प्रस्तुतीको रहने र दुबै प्रतिस्पर्धाका आधारमा विजेता छनोट गरिने सचिव सचिन पाण्डेले जानकारी दिए । प्रतियोगिताको विजेता समुहले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तृतीय स्थान हासिल गर्ने समुहले १५ हजार पुरस्कार राशी प्राप्त गर्ने उनले जानकारी दिए ।

५ लाख बढी खर्च अनुमान गरिएको प्रतियोगितामा सहभागीहरुलाई अनलाइन प्रतिस्पर्धाका लागि निशुल्क समावेश गरिएको थियो भने छनोट भएका १५ समुहबाट प्रति समुह ३ हजारका दरले दर्ता शुल्क लिइएको उनले बताए । प्रतियोगितामा सहभागी समुहलाई आयोजकले नै खाना तथा बस्नका लागि व्यवस्था गर्ने बताइएको छ । प्रतियोगितामा छनोटभई काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न शहरमा अवस्थित शैक्षिक संस्थाका विद्यार्थी सहभागी हुँदै छन् ।

प्रतियोगितामा विधागत तर्फ वेस्ट एआई प्रिजेन्टेसन तथा वेस्ट सोसल इम्प्याक्ट गरी दुई जनालाई नगद राशीले सम्मान गरिने आयोजक संस्थाकी करिश्मा गैरेले जानकारी गराइन् । प्रतियोगिता बारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. अरुणकुमार क्षत्रीले सूचना तथा प्रविधिको क्षत्रमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । बुटवल बहुमुखी क्याम्पस विगतमा जस्तो रोजनीतिक गर्ने थलो मात्र नभई शैक्षिक हबको रुपमा बकिास हुँदै गरेको दाबीसहित उनले बाहिरबाट हुर्ने दृष्टिकोण र वास्तविकतामा धेरै फरक भएको उल्लेख गरे ।

क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरु व्यवस्थित रुपमा अघि बढिरहेको उल्लेख गर्दै उनले अब यहाँ पूर्वाधार बिकासका लागि योजनाहरु अघि सारिएको उल्लेख गरे । शैक्षिक कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि भौतिक पूर्वाधार थप गर्ने तथा पुरानो संरचना पुनः निर्माणको काम अघि बढाइने बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ५ : ४६ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा