२४ भदौ २०८३, बुधबार | September 9, 2026

खुला सीमामा हुने अवैध व्यापार तथा घुमन्ते पसलले व्यवसायीहरु मर्कामा परेको औषधि व्यवसायीको गुनासो



बुटवल । खुला सीमानाका कारण हुने अवैध आयात, बिना दर्ता पसल सञ्चालन तथा घुमन्ते र झोलामा औषधि विक्रीले मर्कामा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल औषधि व्यवसायी संघ रुपन्देहीले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग आयोजना गरेको स्वास्थ्य सञ्चार कार्यक्रममा सहभागी व्यवसायीहरुले सरकारले नीतिगत सुधार र व्यवसायीहरुलाई गर्ने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए ।

एलोपेथिक र आयुर्वेदिक औषधिहरु एउटै पसलबाट बेच्न नपाउने नीतिगत व्यववस्था र औषधिजन्य सामग्रीमा भ्याट लाग्ने तर औषधिमा भ्याट नलाग्ने व्यवस्थाले व्यवसायीहरु मारमा परेको उनीहरुको भनाइ छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले आम नागरिकको उपचारमा औषधि उत्पादक, डिलर, थोकखुद्रा विक्रेता, चिकित्सक सबैको आआफ्नो भूमिका र महत्व रहेको बताए । स्वास्थ्य कार्यालयले औषधी पसलहरुको नियमित अनुगमनमा सहजिकरण गर्दै आएको उनले बताए । गलत काम गर्ने व्यवसायीहरुलाई कारवाहीका लागि सिफारीस गर्दै आएको बताउँदै उनले जनस्वास्थ्यलाई सुधार गर्नका लागि सहकार्य गर्न तयार रहेको धारणा राखे ।

कार्यक्रममा औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्गबहादुर बस्नेतले औषधि व्यवसायलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । व्यवसायीहरुले एमआरपी भन्दा बढी मूल्यमा र म्याद नाघेका औषधी बिक्री गर्न नहुने बताए । कार्यक्रममा औषधी व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराईले पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उपभोक्तामैत्री सेवा प्रदान गर्दै आएको बताए ।

औषधि व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक केदार नेपालले संघले वार्षिक रुपमा गर्दै आएका विभिन्न कार्यक्रमहरुबारे जानकारी गराएका थिए । यस्तै कार्यक्रममा औषधी व्यवसायी संघका पूर्व केन्द्रिय अध्यक्ष तथा रुपन्देहीका विशेष सल्लाहकार बाबुराम भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले आआफ्नो भनाइ राखेका थिए । रुपन्देहीमा औषधि व्यवस्था विभागमा दर्ता भएका खुद्रा व्यवसायीहरुको संख्या १ हजार ३४५ रहेको छ । जसमा एलोपेथिक १ हजार ९२, आयुर्वेदिक १०५, होमियोप्याथी ३० र भेटेनरी ११८ रहेका छन् भने संघमा सदस्यता लिएका करिब १ हजार १ सय रहेका छन् । गत वैशाख मसान्तसम्म ७८५ वटा नवीकरण भइसकेका छन् ।

यस्तै विभागमा दर्ता भएका थोक औषधि व्यवसायस्हरुको संख्या २९८ रहेको छ । जसमा एलोपेथिक २५३, आयुर्वेदिक १८, होमियोप्याथी २, युनानी १ र भेटेनरी २४ रहेका छन् भने संघमा सदस्यता लिएका करिब २ सय रहेका छन् । गत वैशाख मसान्तसम्म १६३ नवीकरण भइसकेका छन् । संघले गरेको आन्तरिक सर्वेक्षण अनुसार रुपन्देहीमा ५६० वटा औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएको छ । औषधि व्यवसायी संघ रुपन्देहीका महासचिव कृष्ण पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ७ : ३० बजे

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी