५ श्रावण २०८३, मंगलबार | July 22, 2026

युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौं : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन ।

शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले ‘जेन जि पुस्ता’ लाई लक्षित गरी स्टार्टअप तथा इनक्युबेसन कार्यक्रम सञ्चालन गरेर नवप्रवर्तनको माध्यमबाट रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको स्पष्ट पारेका छन ।

“लुम्बिनी प्रदेशमा स्टार्टअपलाई सुदृढ बनाउनु आजको आवश्यकता हो । युवालाई नवप्रवर्तनमा सक्रिय सहभागी गराउने र स्वरोजगार सिर्जना गर्ने सरकारको लक्ष्य छ” मुख्यमन्त्री आचार्यले भने, “नवीन प्रयासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर छ ।”

छलफलका क्रममा नेपाल उद्योग परिसंघले लुम्बिनी प्रदेशमा स्टार्टअप इनक्युबेसन सेन्टर स्थापना गर्न सकिने प्रस्ताव राखेको थियो । यसका लागि आवश्यक सहकार्य तथा नीतिगत सहयोग प्रदेश सरकारबाट आवश्यक पर्ने परिसंघले जनाएको छ ।

परिसंघका अनुसार, एग्रिटेक, पर्यटन तथा डिजिटल सेवा जस्ता क्षेत्रहरूमा स्टार्टअप योजनाहरू कार्यान्वयन गर्न सकिनेछ । यसले युवाहरूको नविन सोचलाई व्यवसायिक रूप दिने, स्थानीय सीप र स्रोतलाई प्रयोगमा ल्याउने र रोजगारीको अवसर सृजना गर्ने अपेक्षा गरिएको छ ।

प्रदेशको नवप्रवर्तन क्षमतालाई व्यवस्थित रूपमा उपयोग गर्न र आर्थिक विकासको नयाँ ढोका खोल्न लुम्बिनीमा स्टार्टअप इनक्युबेसन केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने तयारी छ ।

छलफलमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याल, नेपाल उद्योग परिसंघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहोरा र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजु, स्टार्टअप चियर विवेक कशौधन, मेम्बरसिप चियर अबिषेस पाठक मेम्बर तेजेन्द्र भट्टराईको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ५ : २७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं