काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन आज यहाँ प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन ।
महाधिवेशन आगामी तीनदिनसम्म जारी रहनेछ । त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे ।
नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको सामूहिक रुपमा प्रतिवाद गर्नुपर्ने बताए । राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घसङ्गठनले युवाका विषयामा एकजुट हुनुपर्नेमा जोड दिए ।
अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरुको सङ्गठनले प्रतिवाद गर्नुपर्छ भनिन ।



















प्रतिक्रिया