३ पुस २०८२, बिहिबार | December 18, 2025

स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि



काठमाडौं । पोर्चुगलले यूइएफए नेसन्स लिगको उपाधि जितेको छ । स्पेनलाई हराउँदै पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको हो ।

गएराती भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै पोर्चुगलले दोस्रोपटक नेशन्स लिगको उपाधि जितेको हो । नियमित समय २-२ को बराबरीमा सकिपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका मोराटाको प्रयास विफल हुँदा पोर्चुगलले उपाधी चुम्न सफल भयो ।

त्यसअघि खेलको २१ औं मिनेटमा मार्टिन जुबिमेन्दीले गोल गर्दै स्पेनलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट मै पोर्चुगलले बराबरी गोल फर्कायो । पोर्चुगलका नुनो मेंडेसले २६ औं मिनेटमा गोल गरेका हुन् ।

स्पेनका मिकेल ओयार्जाबालले ४५ औं मिनेटमा गोल गर्दै दोस्रोपटक टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको ६१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई दोस्रोपटक खेलमा फर्काए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ७ : ५७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका