२० मंसिर २०८२, शनिबार | December 7, 2025

पत्रकार महासंघ बाँकेको भवनमा बहुउद्देशीय सभा हल निर्माण गरिँदै



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको भवनमा बहुउद्देशीय सभाहल बन्ने भएको छ । नेपालको बसपार्क स्थिती सञ्चार ग्राममा रहेको महासंघको भवनमा डुडुवा गाउँपालिकाले बहुउद्देशीय सभाहल निर्माण गरिदिने भएको हो ।

कार्यालयमा सभा हलको आवश्यकता महसुस गरेर महासंघको बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभा हल निर्माण गरिदिने भएको पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नबीन गिरीले बताए । पालिकाले सभाहल निर्माण गरिदिने निर्णय लगत्तै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सञ्चारग्राम (बसपार्क) स्थित महासंघको कार्यालय भवनको प्राविधिकसहित निरीक्षण गरेका छन् । उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, इन्जिनियर सुरेन्द्र बर्मासहितको टोलीले महासंघको कार्यालय भवनको निरीक्षण तथा अवलोकन गरेको छ । महासंघमा पुगेका अध्यक्ष चौधरीले महासंघको प्रस्ताब अनुसार सभा हल निर्माण गरिदिने पालिकाले निर्णय गरेको जानकारी दिए ।

उनले भवन निमार्णको बजेटसहितको स्टिमेट गरेर तत्काल काम सुरु गरिने बताए । अध्यक्ष चौधरीले महासंघ भनेको जिल्लाका सम्पूर्ण पत्रकारहरुको साझा घर भएकाले बैठक, छलफल लगायतका कार्यक्रम गर्न सहजताका लागि सभा हल निर्माण गर्न लागिएको समेत बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको प्रस्तावलाई स्वीकार गरेर डुडुवा गाउँपालिकाले सभा हल निर्माणमा सहयोग गर्ने भएपछि आफूहरु उत्साहित भएको बताए । गिरीले उक्त सभा हलको नाम ‘डुडुवा सभा हल’ राखिने जानकारी दिए । आफ्नो नेतृत्वमा महासंघमा नयाँ टिम आएपछि डुडुवा गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको भन्दै गिरीले स्थानीय सरकारसंगको विश्वास र सहकार्यलाई यसले मजबुत बनाउने बताए ।

डुडुवा गाउँपालिकाले यसअघि महासंघ बाँके शाखाले गत फागुनमा आयोजना गरेको सद्भाव वनभोज कार्यक्रममा पनि सहयोग गरेको थियो भने लामो समयदेखि बिद्युत महसुल नबुझाई लाईन काटिएको महासंघको बकौता तिरेर बिद्युत सुचारु गरिदिएको थियो।

निरीक्षणका क्रममा अध्यक्ष चौधरीले नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसंग छलफल पनि गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ८ : ३९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल