३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पत्रकार महासंघ बाँकेको भवनमा बहुउद्देशीय सभा हल निर्माण गरिँदै



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको भवनमा बहुउद्देशीय सभाहल बन्ने भएको छ । नेपालको बसपार्क स्थिती सञ्चार ग्राममा रहेको महासंघको भवनमा डुडुवा गाउँपालिकाले बहुउद्देशीय सभाहल निर्माण गरिदिने भएको हो ।

कार्यालयमा सभा हलको आवश्यकता महसुस गरेर महासंघको बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभा हल निर्माण गरिदिने भएको पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नबीन गिरीले बताए । पालिकाले सभाहल निर्माण गरिदिने निर्णय लगत्तै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सञ्चारग्राम (बसपार्क) स्थित महासंघको कार्यालय भवनको प्राविधिकसहित निरीक्षण गरेका छन् । उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, इन्जिनियर सुरेन्द्र बर्मासहितको टोलीले महासंघको कार्यालय भवनको निरीक्षण तथा अवलोकन गरेको छ । महासंघमा पुगेका अध्यक्ष चौधरीले महासंघको प्रस्ताब अनुसार सभा हल निर्माण गरिदिने पालिकाले निर्णय गरेको जानकारी दिए ।

उनले भवन निमार्णको बजेटसहितको स्टिमेट गरेर तत्काल काम सुरु गरिने बताए । अध्यक्ष चौधरीले महासंघ भनेको जिल्लाका सम्पूर्ण पत्रकारहरुको साझा घर भएकाले बैठक, छलफल लगायतका कार्यक्रम गर्न सहजताका लागि सभा हल निर्माण गर्न लागिएको समेत बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको प्रस्तावलाई स्वीकार गरेर डुडुवा गाउँपालिकाले सभा हल निर्माणमा सहयोग गर्ने भएपछि आफूहरु उत्साहित भएको बताए । गिरीले उक्त सभा हलको नाम ‘डुडुवा सभा हल’ राखिने जानकारी दिए । आफ्नो नेतृत्वमा महासंघमा नयाँ टिम आएपछि डुडुवा गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको भन्दै गिरीले स्थानीय सरकारसंगको विश्वास र सहकार्यलाई यसले मजबुत बनाउने बताए ।

डुडुवा गाउँपालिकाले यसअघि महासंघ बाँके शाखाले गत फागुनमा आयोजना गरेको सद्भाव वनभोज कार्यक्रममा पनि सहयोग गरेको थियो भने लामो समयदेखि बिद्युत महसुल नबुझाई लाईन काटिएको महासंघको बकौता तिरेर बिद्युत सुचारु गरिदिएको थियो।

निरीक्षणका क्रममा अध्यक्ष चौधरीले नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसंग छलफल पनि गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ८ : ३९ बजे

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र