३१ श्रावण २०८३, आइतबार | August 16, 2026

रैथाने खाना महोत्सव र र्पटकलाई कर्णालीमा र्या‌फ्टिङ्ग गराएर सकियो ट्राभल मार्ट



नेपालगन्ज । नेपालगन्जमा आयोजना गरिएको वेष्टर्न ट्राभल मार्ट सम्पन्न भएको छ । २ दिनका लागि फरक फरक बिधाका कार्यक्रम सहित आयोजना गरिएको ट्राभल मार्ट आइतबार राती सम्पन्न भएको हो ।

ट्राभल मार्ट अन्तर्गत नेपालगन्जको त्रिभुवन चौक स्थित सदरलाईनमा गरिएको रैथाने खाना महोत्सव (फुड लेन) मा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । नेपालगन्जको त्रिभुवनचोकमा आयोजना गरिएको रैथाने खाना प्रवर्द्धन कार्यक्रममा चाट, दही-बारा, पानीपुरी, सेलरोटी, जुस, मःम, चाउमिनका स्टल राखिएका थिए । नेपालगन्जको परम्परागत पहिचान दिने दही-रावडी, बिरयानी, कबाब, छोले-भटोरे, हलुवा(पराठा, घमान्जा जस्ता परिकार भने रैथाने खाना प्रवद्र्धन कार्यक्रममा नदेखिएको ट्राभल मार्टमा अवलोकन गर्न आएकी स्थानीय सुनिता गुप्ताले बताइन् ।

कार्यक्रमको शुभारम्भमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले यसप्रकारको महोत्सवले रैथाने खानाको प्रचारसँगै नेपालगन्जमा पर्यटन तान्न प्रभावकारी हुने बताए ।  नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जलाई चलायमान गराउने एउटा प्रयास गरिएको बताए ।

संघीता कार्यान्वयन अघि गुल्जार रहेको नेपालगन्ज बजार सुक्दै गएको र सुक्दै गएको नेपालगन्ज बजारलाई पुरानो अवस्थामा फर्काउन सबैको हातेमालो आवश्यक रहेको नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले बताए ।

नेपाल पर्यटन बोर्ड, नेपालगन्ज को मार्टलाई नाट्टा बाँके च्याप्टरले उपमहानगरपालिकाले आयोजना गरे नेपालगन्ज उद्योग वाणिज्य संघ, हान बाँके, होटल व्यवसायी संघ बाँके नेपालगन्जसँगको साझेदारीमा कार्यान्वयनमा ल्याएको थियो।

मार्टको दोस्रो दिन भारतीय दुर अपरेटर, पत्रकार लगायतलाई कर्णाली नदीमा र्या‌फ्टिङ्ग गराउनुका साथै बर्दिया निकुञ्ज भ्रमण गराइएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ९ : ३० बजे

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।

बिक्रेतामार्फत ग्यास बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघको माग

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण