१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

अंग प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न सरकारी अस्पताल÷प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।

हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरुले महङ्गो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नुपर्ने बाध्यता छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महङ्गोमा बिक्री गरिरहेको गुनासो मन्त्रालयमा आउने गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सचिवस्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुनेगरी निर्णय गरेर परिपत्र गरिएको जानकारी दिए ।

यसैगरी, बिक्रेताहरुलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुन रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक बिक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउनसमेत मन्त्रालयले पत्राचार गरेको छ ।

मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिनसमेत पत्रमार्फत अस्पतालहरुलाई सचेत बनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  २ : ५२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित