२० भदौ २०८३, शनिबार | September 5, 2026

गण्डक पश्चिम नहर आयोजनावाट ८,७०० हेक्टर जमिनमा सिंचाई हुने



नवलपरासी। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन ।

नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुवान र सिंचाइको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताए । “यस क्षेत्रका माननीय ज्यूले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदिहरुमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर छ,” उर्जामन्त्री खड्काले भने ।

मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रो पटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताउनुभयो । उहाँले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताए ।

कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य विनोद चौधरीले अब साविक भन्दा नहरबाट पाँच गुणा बढि भूमिमा सिंचाई सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताए।

“यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ, ‘यहाँका नागरिकले ३५ वर्ष सिचाईँका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईहरुको पिडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,” उनले भने ।

सांसद चौधरीले उक्त क्षेत्रको डुवानको समस्या समाधानका लागि सरकारले आवश्यक वजेट विनियोजन गरेर दिर्घकालिन समाधान निकाल्नसमेत मन्त्री खड्कालाई आग्रह गरेका थिए ।

नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो । विस २०३९ सालमा निर्माण भएको नहरको सिंचाइ क्षमता ८ हजार ७०० हेक्टर क्षेत्रफल भए पनि मुहान मै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिचाई हुँदै आएको थियो, अब यो समस्या समाधान भएको छ।

आज उद्घाटन भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनका साथै ८ हजार ७०० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ५ : ०७ बजे

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको