२९ मंसिर २०८२, सोमबार | December 16, 2025

त्रिवि उपकुलपति कार्यालय तोडफोड प्रकरणमा एक जना पक्राउ



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति सचिवालयमा तोडफोड गरेको अभियोगमा भक्तपुरबाट एक जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सानोठिमी क्याम्पसका स्ववियु सचिव दिक्पाल कार्कीलाई मंगलबार पक्राउ गरिएको हो। उनलाई भक्तपुरको धुन्चेपाखा सानोठिमीबाट नियन्त्रणमा लिएको हो ।

गत जेठ १४ गते त्रिवि उपकुलपति सचिवालयमा तोडफोड गरिएको थियो। सो घटनामा नेविसंघ निकटका विद्यार्थीहरूको संलग्नता रहेको थियो। उनीहरूले स्नातक तहको भर्ना प्रक्रिया पुनः खुलाउन माग गर्दै सचिवालयमा तोडफोड गरेका थिए ।

उक्त तोडफोडपछि त्रिवि प्रशासनले दोषीहरूमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको थियो।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको