९ बैशाख २०८३, बुधबार | April 22, 2026

एमआरपी नराखी जुत्ताचप्पल उत्पादन गर्ने लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई २ लाख जरिवाना



नेपालगन्ज । अधिकतम मूल्य नराखी जुत्ता जुत्ता चप्पल उत्पादन गर्ने बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ३ खजुरारोड स्थित लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

बजार अनुगमनका क्रममा अधिकतम् मूल्य (एमआरपी) कायम नगरी जुत्ता चप्पल बजारमा विक्रि वितरण गरेको पाइएपछि जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए । कुनै पनि सामान उत्पादन गरेपछि अनिवार्यरुपमा त्यसको एमआरपी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५, को दफा ३८ को खण्ड (ङ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको खत्रीले बताए ।

चालू आर्थिक बर्षको यो सबैभन्दा ठूलो जरिवाना भएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २९ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका