३० असार २०८३, मंगलबार | July 14, 2026

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको जनाइएको छ ।

पाठकलाई कांग्रसेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका छोरा जयवीरसिंह देउवाले हिल्टन होटलको शेयर किनेको विषयमा भएको चर्चाको विषयमा युट्युव भिडियो बनाउँदा साइबर अपराधसँग जोडेर प्रहरीले पक्राउ पुर्जी जारी गरेको जनाइएको छ ।

पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको स्रोतको भनाइ छ । पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीमा जयवीरसहितका व्यक्ति जोडिएको विषयलाई भिडियोमार्फत प्रस्तुत गरेको थिए ।

त्यस भिडियोमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा र उनका छोरा छोरा जयवीरले गरेको लगानी र मिडियामा आएका जयवीरसँग सम्बन्धित विषयलाई उठान गरेर भिडियो बनाएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १२ : १५ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित