३१ असार २०८३, बुधबार | July 16, 2026

राजा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन



काठमाडौं । ललितपुरको मंगलबजारस्थीत पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन गरिएको छ । नेवार परम्परा अनुसार वर्षको सबैभन्दा लामो दिन बुधबार ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)का अवसरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको हो ।

हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्याः पूह्नीका दिन मङ्गलबजारमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिएका छन् ।

यस दिन दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने परम्परा लामो समयदेखि रहदै आएको उनले बताए ।

सिंहासन प्रदर्शनसँगै सङ्गीत महोत्सव आयोजना गरिएको छ । झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पाला देखि जेष्ठ शुक्ल पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हार सहित ३१ वटा राग गाउने गरिन्छ । अरु दिन भने सिंहासन र पौभाः पाटन म्युजियम भित्र सुरक्षित तरिकाले राख्ने गरिएको अध्यक्ष चित्रकारले बताएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  २ : ०८ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही