६ बैशाख २०८३, आइतबार | April 19, 2026

नेपालगंजमा प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु



नेपालगंज । नेपालगंजमा आजदेखि प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालनमा आएको हो ।

आज बिहान भएको उदघाटन खेलमा पुरुषतर्फ युनाईटेड स्कुलले सगरमाथालाई १९-२५, २५-२३ र २५-१६ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गरेको छ । त्यस्तै दोस्रो खेलमा धम्बोजी माविले महेन्द्र माविलाई २५-१६, २५-१० को सोझो दुई सेटले पराजित गर्न सफल भयो भने तेस्रो खेलमा एन एम ए ले पशुपती मावि राँझालाई २६-२४, १९-२५ र २५-२२ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गर्न सफल भयो । महिलातर्फको खेल जारी छन ।

यसअघि एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख कमरुद्दिन राईले प्रतियोगिताको उदघाटन गरेका थिए । पुर्व खेलाडी समाज बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम उपप्रमुख राईले खेलाडीहरुले अन्तरराष्ट्रिय स्तरमा राष्ट्रको पहिचान र नामलाई बढाएको बताए ।

उनले खेलक्षेत्रको बिकासका लागि प्रतियोगिताको निरन्तरताका साथै खेलाडी उत्पादनमा समेत जोड दिनुपर्ने धारणा राखे । खेलकुद र खेलाडीहरुको संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिका सधैं तत्पर रहने समेत उपप्रमुख राईले प्रतिबद्धता जनाए ।

यही जेठ ३० गतेसम्म सन्चालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ । नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन ।

समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रमको संचालन समाजका महासचिव जयन्त कुमार शर्माले गरेका थिए । उदघाटन सत्रमा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपालगन्ज-२ का वडाअध्यक्ष मनोज श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झना, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पुर्बअध्यक्ष निरज गौतम लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ४ : २५ बजे

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार