८ माघ २०८२, बिहिबार | January 22, 2026

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्‍यो



काठमाडौँ । सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा कुमार चुँडाल र डा नहकुल सुवेदीका इजलासमा रहेको सो मुद्दाविरुद्धको फैसलाको निर्णय सुनाउने मिति पुनः सरेको हो ।

सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारीविरुद्धका निवेदनमा आज सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको जानकारी दिए । सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जनापदाधिकारी नियुक्त गरेको थियो ।

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै १५ रिट निवेदन दर्ता भएको थियो । सोही निवेदनमाथिको सुनुवाइ यही जेठ १ गते सकिएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ७ : २८ बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको