१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादी केन्द्रसंग छ : अध्यक्ष प्रचण्ड

'हामी जनताको हितका लागि काम गर्छौं। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्'



मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना रहेको बताएका छन् । माओवादी केन्द्र मुस्ताङ जिल्लाका विभिन्न पालिका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेको स्पष्ट पारे ।

उनले माओवादी पार्टी अन्य पार्टीहरूसँग फरक रहेको स्पष्ट गर्दै भने, “माओवादी अरुजस्तो पार्टी होइन। हामी जनताको हितका लागि काम गर्छौं। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।”

कार्यक्रममा प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरुलाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिए।

“हामी यहाँ केही उद्देश्य लिएर आएका छौँ,” अध्यक्ष प्रचण्डले भने, “मुख्य उद्देश्य भनेको मुस्ताङलाई कसरी अघि बढाउने भन्ने हो। विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध छ।”

कार्यक्रममा सहभागी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि आफ्नो कार्यकालमा विकासका कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा जिल्लाका विभिन्न पालिकाकामा माओवादी केन्द्रको नेतृत्व गर्ने अध्यक्ष, उपाध्यक्ष, पार्टी सदस्यहरु लगायत स्थानीय बासिन्दाको समेतको उपस्थिति रहेको थियो।

मुस्ताङको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत अध्यक्ष प्रचण्डले बताए।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ७ : ४९ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई