१० असार २०८३, बुधबार | June 24, 2026

अत्याधिक गर्मीले लु (हट स्ट्रोक) हुनसक्छ, बच्ने घरेलु उपाय यस्ता छन्



काठमाडौं । विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ । यो अवस्थामा व्यक्तिको अवस्था केही घण्टामै यति बिग्रन्छ कि डाक्टरकहाँ गईहाल्नु पर्छ ।

नेपालका तराई मधेसका धेरै भागहरूमा गर्मीको तापमान ४५ डिग्रीभन्दा माथि पुग्छ, यस्तो अवस्थामा, ‘हट स्ट्रोक’ अर्थात ‘लु’ एक गम्भीर स्वास्थ्य समस्या बन्न सक्छ। समयमै उपचार नपाएमा ज्यान समेत जान सक्छ । तसर्थ, हट स्ट्रोक पछि तुरुन्तै के गर्ने र यसबाट कसरी बच्न सकिन्छ भनेर जान्न महत्त्वपूर्ण छ।

लु का लक्षण :

– उच्च ज्वरो
– चक्कर लाग्नु वा बेहोस हुनु
– गम्भीर टाउको दुखाइ
– छाला रातो र सुख्खा हुनु
– मांसपेशी कमजोरी वा ऐंठन
– सास फेर्न कठिनाई
– उल्टी वा वाकवाकी

लु पछि तुरुन्तै के गर्ने ?

– सिंथेटिक लुगाहरू हटाउनुहोस् र खुल्ला र सुती कपडा लगाउनुहोस्
– पंखा खोल्नुहोस् वा चिसो हावा प्रदान गर्नुहोस्
– टाउको वा घाँटीमा आइस प्याकहरू लगाउनुहोस्
– बिस्तारै चिसो पानीमा नुहाउनुहोस्
– बेहोस भएको अवस्थामा तुरुन्तै डाक्टरलाई बोलाउनु होस्

लुबाट कसरी बच्ने ?

– अपरान्ह १२ः०० बजे देखी ३ः०० बजेसम्म बिना कारण बाहिर निस्कनु हुँदैन्
– घरबाट बाहिर निस्कँदा टाउको छोप्नुहोस्, छाता वा टोपी प्रयोग गर्नुहोस्
– खुल्ला, हल्का र सुती कपडा लगाउनुहोस्
– पानी, कागती पानी, बटरमिल्क, नरिवल पानी जस्ता पेय पदार्थ प्रशस्त पिउनुहोस्
– अनुहार र शरीरमा बारम्बार पानी छ्याप्नु होस्

बालबालिका तथा वृद्धवृद्धाले विशेष सावधानी अपनाउन जरुरी छ । गर्मीको गर्मी सामान्य जस्तो देखिन सक्छ, यो खतरनाक पनि हुन सक्छ। तातो मौसमको अवस्थामा आत्तिनु पर्दैन तर तुरुन्तै उपयुक्त कदम चाल्न आवश्यक छ। थोरै ध्यान, सही समयमा मद्दत र शरीरको आवश्यकताहरू बुझ्दा तपाईंको र तपाईंका प्रियजनहरूको जीवन बचाउन सकिन्छ । गर्मीमा आफ्नो विशेष ख्याल राख्नु अति आवश्यक छ, विशेषगरी बूढापाका र साना बालबालिकालाई गर्मीमा बाहिर निस्कन नदिनुहोस् किनभने यी मानिसहरू यसको लागि बढी खतरा हुन सक्छ । साथै उचित ह्यान्डलिङ गर्न सकेमा यसलाई सहजै नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ९ : ०९ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं