१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि काठमाडौं विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनको भनाइ थियो ।

उनले स्वास्थ्य, शिक्षा र अन्य विषयमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनःविचार गर्नुपर्ने धारणा राखे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुुजी पन्तले शैक्षिक सुधार र रुपान्तरणका लागि प्रधानमन्त्री ओलीले लिनुभएको चासो र चिन्तालाई कार्यान्वयन गराउन आग्रह गर्दै मन्त्रालयका तर्फबाट नेपाललाई शैक्षिक हब बनाउन प्रयास गरिने बताए ।

विश्वविद्यालयका उपकुुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने नीति अनुरुप काम गरिने बताए ।

दीक्षान्तका लागि ग्रेस लिष्ट पारित

बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३० औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विभिन्न स्कुललअन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका एक हजार एक सय २९ विद्यार्थीको ग्रेस–लिष्ट स्वीकृत गरेको छ । ग्रेस लिष्टमा एक सय १८ विदेशी विद्यार्थी छन् ।

बैठकले रजिष्ट्रार प्रा डा राजीव श्रेष्ठद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२र८३ लागि अनुमानित रु चार अर्ब तीन करोड ८० लाख बजेटसहितको कार्यक्रम पारित गरेको छ । यसैगरी गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र यस आर्थिक वर्षको कार्यप्रगति प्रतिवेदन पारित भएको छ ।

बैठकले विश्वव्रिद्यालयसभाको सदस्यका लागि चन्दादातामध्येबाट रत्ना कोइराला, लब्धप्रतिष्ठित विद्धानमध्येबाट त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा दिव्या सिंह, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा रीता थापा, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतम, मनोचिकित्सक अनन्तप्रसाद अधिकारी, विश्वविद्यालयका शिक्षकमध्येबाट डा विकास अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालय र धुलिखेल अस्पतालबीच सहयात्राका नयाँ खाका

बैठकले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको भावी सहयात्राको नयाँ खाकासहितको प्रतिवेदन पनि पारित गरेको छ । दुुई संस्थाबीचको आपसी समस्याबारे गत माघ ४ गतेको सभा बैठकमा समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सहजीकरण समितिले दिएको प्रतिवेदन पारित भएको हो । नयाँ खाका अनुसार दुुई संस्था आपसमा सहयात्राबाट अलग हुन चाहेमा एकले अर्कोलाई छ वर्ष अगाडि जानकारी दिनुपर्ने लगायतका व्यवस्था गरिएका छन् ।

विश्वविद्यालयको २५ वर्षे यात्रा पुस्तकमा

सिनेट बैठकलगत्तै प्रधानमन्त्री ओलीबाट सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा सीताराम अधिकारीद्वारा लिखित ‘काठमाडौं विश्वविद्यालयः पहिलो २५ वर्ष’ पुस्तकको भाग १ र २ को लोकार्पण गरे । प्रधानमन्त्री ओलीले केही नभएको डाँडोबाट थालनी भएको विश्वविद्यालय स्थापनामा लागेका व्यक्तित्वबाट यस प्रकारको पुस्तक लेखनले इतिहास बुझ्न सघाउने बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ४ : ०१ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई