३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवलको वेष्ट्रन मेघा कलेजमा नि:शुल्क होटल व्यवस्थापन तालिमदेखि स्वाद उत्सव हुँदै



बुटवल । होटल व्वस्थापनमा नाम कमाएको रुपन्देहीको वेष्ट्रन मेघा कलेज ढवाहाले नयाँ शैक्षिकसत्रसंगै विविध कार्यक्रम गर्ने भएको छ । विहिबार कलेज परिसरमा पत्रकार सम्मेलन गरि नयाँ शैक्षिक सत्रको शुरुवातसंगै १० दिने नि:शुल्क होटल व्यवस्थापन तालिम, फुड फेस्टिवल तथा बिएचएमको नयाँ भर्ना समेत खुलाईएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताए । असार १ गतेबाट नि:शुल्क तालिम हुने उनले बताए ।

सेफ दिपक राउतबाट सहजिकरण हुने उनले बताए । यसैगरि भदौ पहिलो हप्ता स्वाद र संस्कृति उत्सव नेपाली परिकार महाअभियान नारासहित फुड फेस्टिबल गरिने उनले बताए । भदौ ४ देखि ६ गतेसम्म संचालन हुने उनले बताए । कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई लक्षित गरि तालिम संचालन गरिएको उनले बताए ।

सामाजिक उत्तरदायित्व अन्तरगत तालिम चलाउन लागेको उनले बताए । तालिम २ सय विद्यार्थीहरु सहभागी हुने लक्ष्य रहेको उनले बताए । यसैगरि नयाँ भर्नासंगै केही थप सुविधाहरु विद्यार्थीहरुलाई दिईने उनले बताए । जसमा विभिन्न देशको भ्रमण, तेस्रो सेमिष्टारमा व्यक्तित्व विकासको कक्षा, पाचौ सेमिस्टारमा जापानिज भाषा र छैटौ सेमिस्टारमा चाईनिज भाषा थप गरिएको उनले बताए ।

कलेजका अध्यक्ष मेघराज पन्थले शुरुवातमा बुटवल पश्चिममा नमुना रिसोर्ट संचालन गरेको उनले बताए । पर्यटन क्षेत्रसंग जोडेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विसं २०७४ सालदेखि कलेज स्थापना गरिएको बताए । स्थापनाकालदेखि कलेजबाट ४५० जना होटल व्यवस्थापन विषयमा अध्ययन गरेर पासआउट भएको उनले बताए ।

हाल बिएचएम र एमबिए मा गरि कलेजमा ४ सय विद्यार्थीहरु अध्ययनरत छन । यसैगरि कलेजमा असार ३ गते मंगलबार रक्तदान कार्यक्रम समेत राखिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ५९ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने