२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुटवलको वेष्ट्रन मेघा कलेजमा नि:शुल्क होटल व्यवस्थापन तालिमदेखि स्वाद उत्सव हुँदै



बुटवल । होटल व्वस्थापनमा नाम कमाएको रुपन्देहीको वेष्ट्रन मेघा कलेज ढवाहाले नयाँ शैक्षिकसत्रसंगै विविध कार्यक्रम गर्ने भएको छ । विहिबार कलेज परिसरमा पत्रकार सम्मेलन गरि नयाँ शैक्षिक सत्रको शुरुवातसंगै १० दिने नि:शुल्क होटल व्यवस्थापन तालिम, फुड फेस्टिवल तथा बिएचएमको नयाँ भर्ना समेत खुलाईएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताए । असार १ गतेबाट नि:शुल्क तालिम हुने उनले बताए ।

सेफ दिपक राउतबाट सहजिकरण हुने उनले बताए । यसैगरि भदौ पहिलो हप्ता स्वाद र संस्कृति उत्सव नेपाली परिकार महाअभियान नारासहित फुड फेस्टिबल गरिने उनले बताए । भदौ ४ देखि ६ गतेसम्म संचालन हुने उनले बताए । कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई लक्षित गरि तालिम संचालन गरिएको उनले बताए ।

सामाजिक उत्तरदायित्व अन्तरगत तालिम चलाउन लागेको उनले बताए । तालिम २ सय विद्यार्थीहरु सहभागी हुने लक्ष्य रहेको उनले बताए । यसैगरि नयाँ भर्नासंगै केही थप सुविधाहरु विद्यार्थीहरुलाई दिईने उनले बताए । जसमा विभिन्न देशको भ्रमण, तेस्रो सेमिष्टारमा व्यक्तित्व विकासको कक्षा, पाचौ सेमिस्टारमा जापानिज भाषा र छैटौ सेमिस्टारमा चाईनिज भाषा थप गरिएको उनले बताए ।

कलेजका अध्यक्ष मेघराज पन्थले शुरुवातमा बुटवल पश्चिममा नमुना रिसोर्ट संचालन गरेको उनले बताए । पर्यटन क्षेत्रसंग जोडेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विसं २०७४ सालदेखि कलेज स्थापना गरिएको बताए । स्थापनाकालदेखि कलेजबाट ४५० जना होटल व्यवस्थापन विषयमा अध्ययन गरेर पासआउट भएको उनले बताए ।

हाल बिएचएम र एमबिए मा गरि कलेजमा ४ सय विद्यार्थीहरु अध्ययनरत छन । यसैगरि कलेजमा असार ३ गते मंगलबार रक्तदान कार्यक्रम समेत राखिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ५९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल