१९ माघ २०८२, सोमबार | February 2, 2026

चट्याङ लागेर बालकको मृत्यु



बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्युु भएको छ । एक जना घाइते भएका छन् ।

चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, चट्याङ लागेर बागमती गाउँपालिका–२ देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते हुनुभएको छ । आफ्नै घरमा बसिरहेका अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुनुभएको हो । उहाँको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

चट्याङ लागेर स्थानीय कमलजङ्ग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ८ : ३९ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३