२ पुस २०८२, बुधबार | December 17, 2025

९० वर्षीय वृद्धबाट श्रीमतीको हत्या



नवलपुर । नवलपुरको देवचुली नगरपालिका–३ आम्बासमा एक वृद्धले आफ्नै श्रीमतीलाई रड प्रहार गरेर हत्या गरेका छन्।

मङ्गलबार राती ९० वर्षीय दिलबहादुर थापाले आफ्नी ७६ वर्षीया पत्नी जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेका हुन्।

घटनास्थलमै जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दम्पतीबीच घरेलु विवाद चर्किँदै जाँदा हातपातको अवस्था सिर्जना भएको थियो। त्यसक्रममा श्रीमानले फलामको रड प्रयोग गरी श्रीमतीको टाउकोमा प्रहार गरेका थिए। गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले हत्यापछि फरार भएका दिलबहादुरलाई केही समयमै नियन्त्रणमा लिएको छ। अहिले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ८ : १२ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको