९ भदौ २०८३, मंगलबार | August 25, 2026

नवलपुरको कावासोतीमा श्रीमानबाट श्रीमतीको हत्या



नवलपुर । जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका–८, सगरमाथा टोलमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ४२ वर्षीय सुर्यप्रसाद पाण्डेले घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती संगिता पौडेल पाण्डेलाई चक्कु प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा घाइते भएकी संगितालाई प्रहरीले तत्कालै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याए पनि उपचारकै क्रममा बुधबार साँझ चिकित्सकले मृत घोषणा गरेका हुन्।

हत्या गरेपछि सुर्यप्रसाद पाण्डे आफैं जिल्ला प्रहरी कार्यालय नवलपरासी (पू)मा आत्मसमर्पण गरेको डिएसपी मधु नेपालले बताए ।

हाल अभियुक्त श्रीमान प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ५२ बजे

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

बैतडी । बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,