३१ असार २०८३, बुधबार | July 16, 2026

विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे भारतीय प्रधानमन्त्री मोदीले



अहमदाबाद। अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् ।

सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ ।

प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई पनि अस्पतालमा भेटेका थिए। प्रधानमन्त्री मोदीले रमेश विश्वकुमार रमेशको हात समातेर हौसला दिए । यस क्रममा विश्वकुमार रमेशको अनुहारमा राहतको भाव देख्न सकिन्थ्यो ।

विश्वकुमार रमेशले भने, ‘मेरो आँखा अगाडि सबै भयो तर म कसरी बाँचेँ, मलाई नै थाहा छैन । केही समयको लागि म पनि मर्छु कि जस्तो लाग्यो तर जब मेरो आँखा खोल्यो, म जीवित थिए। मैले मेरो सिट बेल्ट हटाउन खोजे। यसपछि म त्यहाँबाट निस्किएँ । एयर होस्टेस र अन्य मानिसहरू मेरो आँखा अगाडि मरे। टेकअफ पछि ५–१० सेकेन्डभित्र सबै कुरा भयो।’

बोइङ ७८७ ड्रिम लाइनरमा २४२ यात्रु र चालक दलका सदस्य सवार रहेको उक्त यात्रु विश्वकुमार रमेश आफ्नो भाइसँग लण्डन जाँदै थिए । अहमदाबाद सिभिल अस्पतालको ट्रमा वार्डमा कार्यरत डा. शारिक एमले रमेशलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताए।

बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसको होस्टेल माथी दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको आशंका गरिएको छ ।

अहमदाबाद एयरपोर्टमा अवतरण गरे लगत्तै प्रधानमन्त्री मोदी मेघानीनगर घटनास्थल पुगेका थिए। जब विमान यहाँ खस्यो, त्यसपछिको अवस्था के थियो भनेर उनले थाहा पाए । यस क्रममा प्रधानमन्त्री मोदी निकै गम्भीर र दुःखी देखिन्थे । प्रधानमन्त्री मोदीले विमान खसेपछि आगो लागेको भवनसमेत हेरेका छन् ।

घटनास्थल पुगेपछि प्रधानमन्त्री मोदीले अवस्थाको जानकारी लिएका थिए । यसपछि प्रधानमन्त्री मोदीले पनि अस्पताल गएर घाइतेहरुलाई भेट्नसमेत लागेका छन् । मोदीले दुर्घटनाको समीक्षा बैठक पनि गर्नेछन्। यस अवधिमा उनले दुर्घटनादेखि अहिलेसम्मको हरेक अपडेट लिनेछन्।

बोइङ ७८७ ड्रिमलाइनर (एआई १७१) सहरको सिभिल अस्पताल र बीजे मेडिकल कलेज क्याम्पस, सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको घण्टौं बितिसक्दा पनि मृत्यु हुनेको संख्याबारे आधिकारिक जानकारी आएको छैन।

विमानमा दुई पाइलट र १० चालक दलका सदस्यसहित २४२ जना सवार थिए। एयर इन्डियाका अनुसार विमानमा सवार २३० यात्रुमध्ये १६९ भारतीय, ५३ बेलायती, एक क्यानडाली र सात पोर्चुगिज नागरिक थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ११ : ३६ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही