२९ पुस २०८२, मंगलबार | January 13, 2026

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रामण : न्यायाधीश समाज



काठमाडौं। उच्च अदालत, वीरगञ्ज इजलासका न्यायाधीश डा‍‍. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ।

समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरुमाथि आक्रमण हुनुलाई निन्दनीय भनेर टिप्पणीसमेत गरेको छ। समाजले सो मोसो दल्ने जस्तो घृणित आक्रमणलाई न्यायाधीशमाथि मात्रै नभई सिंगो न्यायपालिका माथिकै आक्रमणको रूपमा टिप्पणीसमेत गरेको छ । साथै, समाजले सो घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही गर्न मागसमेत गरेको छ ।

हिजो नेकपा बहुमतका कार्यकर्ताहरु उच्च अदालतको वीरगन्ज इजलासमा गएर न्यायाधीशद्दय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए ।

ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्वद आफ्ताव आलम लगायतलाई सफाई दिएको भन्दै उनीहरुले इजलासमै न्यायाधीशहरुमाथि दुर्व्यवहार गरेका थिए ।

प्रहरीले सो घटनामा संलग्न रहेका तीन जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १२ : ३२ बजे

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप