३ पुस २०८२, बिहिबार | December 18, 2025

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रामण : न्यायाधीश समाज



काठमाडौं। उच्च अदालत, वीरगञ्ज इजलासका न्यायाधीश डा‍‍. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ।

समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरुमाथि आक्रमण हुनुलाई निन्दनीय भनेर टिप्पणीसमेत गरेको छ। समाजले सो मोसो दल्ने जस्तो घृणित आक्रमणलाई न्यायाधीशमाथि मात्रै नभई सिंगो न्यायपालिका माथिकै आक्रमणको रूपमा टिप्पणीसमेत गरेको छ । साथै, समाजले सो घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही गर्न मागसमेत गरेको छ ।

हिजो नेकपा बहुमतका कार्यकर्ताहरु उच्च अदालतको वीरगन्ज इजलासमा गएर न्यायाधीशद्दय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए ।

ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्वद आफ्ताव आलम लगायतलाई सफाई दिएको भन्दै उनीहरुले इजलासमै न्यायाधीशहरुमाथि दुर्व्यवहार गरेका थिए ।

प्रहरीले सो घटनामा संलग्न रहेका तीन जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १२ : ३२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन