१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बुटवलकाे चाँदबारीमा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै विभिन्न विधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । बुटवल चाँदबारीमा ५६ लाखको लागतमा ६ कोठे किरियापुत्री भवन उद्धाटन गरिएको हो ।

प्रदेश सरकारको २५ लाख तथा नगर र वडा गरेर ३१ लाख बजेटमा निर्माण भएको भवनको शुक्रबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्धाटन गरे ।

लगत्तै वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा सम्पती कर ब्यक्तीगत तर्फ ५जना, बहाल कर ब्यक्तिगत तर्फ ५ जना तथा सम्पती र बहाल कर सस्थागत तर्फ २/२ जना, सामाजिक ब्यक्तित्व २० जना, उमभोक्ता समिती ३ वटा, टोल बिकास सस्था ८ वटा, सस्थागत तर्फ ७ वटा, आमा समूह ७ वटा, धार्मिक सस्था ११ वटा, जेष्ठ नागरिक ३ जना र ३ जना कर्मचारी लाई सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले नगरको बिकासको लागि बुटवलले अत्यन्त्रै महत्वपूर्ण कार्यहरु गर्दै आईरेको बताउँदै अहिले प्रतिफल र उपलब्धी देखिने बेला आएको बताए ।

कार्यक्रममा नगरउपप्रमुख सावित्रादेवी अर्यालले उमहानगरले महिला तथा युवालाई रोजगारसंग जोडेर अगाडी बढेको बताउँदै आवश्यक तालिम माग गरेमा उपमहानगरकै खर्चमा प्रदान गरिँदै आएकोब बताए ।

कार्यक्रममा बुटवल ६ का अध्यक्ष लोकनाथ न्यौपानले आफु निर्वाचित भएर आएसंगै गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा जानकारी गराउँदै आगामी आर्थिक वर्षमा समेत वडामा राम्रो बजेट आउनेमा आशाबादी रहेको उल्लेख गरे । किरियापुत्री भवन उपभोक्ता समिती अध्यक्ष श्याम प्रसाद पाण्डेले भवन उत्कृठ अत्याधुनिक भवन बनेको दाबी गरे । सो अवसरमा वडाका अति बिपन्न परिवारलाई चामल समेत सहयोग प्रदान गरिएको वडाका कर्मचारी नारायण प्रसाद खनालले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ४ : ५४ बजे

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ