४ श्रावण २०८२, आइतबार | July 20, 2025

बुटवलकाे चाँदबारीमा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै विभिन्न विधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । बुटवल चाँदबारीमा ५६ लाखको लागतमा ६ कोठे किरियापुत्री भवन उद्धाटन गरिएको हो ।

प्रदेश सरकारको २५ लाख तथा नगर र वडा गरेर ३१ लाख बजेटमा निर्माण भएको भवनको शुक्रबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्धाटन गरे ।

लगत्तै वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा सम्पती कर ब्यक्तीगत तर्फ ५जना, बहाल कर ब्यक्तिगत तर्फ ५ जना तथा सम्पती र बहाल कर सस्थागत तर्फ २/२ जना, सामाजिक ब्यक्तित्व २० जना, उमभोक्ता समिती ३ वटा, टोल बिकास सस्था ८ वटा, सस्थागत तर्फ ७ वटा, आमा समूह ७ वटा, धार्मिक सस्था ११ वटा, जेष्ठ नागरिक ३ जना र ३ जना कर्मचारी लाई सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले नगरको बिकासको लागि बुटवलले अत्यन्त्रै महत्वपूर्ण कार्यहरु गर्दै आईरेको बताउँदै अहिले प्रतिफल र उपलब्धी देखिने बेला आएको बताए ।

कार्यक्रममा नगरउपप्रमुख सावित्रादेवी अर्यालले उमहानगरले महिला तथा युवालाई रोजगारसंग जोडेर अगाडी बढेको बताउँदै आवश्यक तालिम माग गरेमा उपमहानगरकै खर्चमा प्रदान गरिँदै आएकोब बताए ।

कार्यक्रममा बुटवल ६ का अध्यक्ष लोकनाथ न्यौपानले आफु निर्वाचित भएर आएसंगै गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा जानकारी गराउँदै आगामी आर्थिक वर्षमा समेत वडामा राम्रो बजेट आउनेमा आशाबादी रहेको उल्लेख गरे । किरियापुत्री भवन उपभोक्ता समिती अध्यक्ष श्याम प्रसाद पाण्डेले भवन उत्कृठ अत्याधुनिक भवन बनेको दाबी गरे । सो अवसरमा वडाका अति बिपन्न परिवारलाई चामल समेत सहयोग प्रदान गरिएको वडाका कर्मचारी नारायण प्रसाद खनालले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ४ : ५४ बजे

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम