२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि



मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला नेता वीरेन्द्र जुहारचनको आज बौद्ध परम्पराअनुसार मुस्ताङको मार्फास्थित राजखोला र कालीगण्डकी दोभानमा अन्त्येष्टि गरिएको छ ।

जुहारचनको ६९ वर्षको उमेरमा बिहीबार मार्फास्थित निजी निवासमा निधन भएको हो ।

जुहारचनको अन्त्येष्टिमा माओवादी केन्द्रका महासचिव देव गुरुङसहितका नेता मुस्ताङको मार्फा आइपुगेका थिए । उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न र पार्टीको झण्डा ओढाएर सम्मान गर्न महासचिव गुरुङसहित नेताहरू यहाँ आएका हुन।

शुक्रबार जुहारचनको पार्थिव शरीरमा महासचिव गुरुङ, मुस्ताङ जिल्ला इञ्चार्ज कपिल लामा, जिल्ला समन्वय समिति संयोजक धीरेन्द्र विक, प्रदेश कमिटी सदस्य ङुटुक गुरुङलगायत नेताले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । अन्त्येष्टिमा माओवादी केन्द्रका जिल्ला, प्रदेश र केन्द्रीय नेताहरूको उपस्थिति थियो ।

स्वर्गीय जुहारचनलाई श्रद्धाञ्जली अर्पण गर्दै महासचिव गुरुङले उनको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनप्रति अतुलनिय क्षति पुगेको बताए । यस दुःखद् घडीमा शोकलाई शक्तिमा रुपान्तरण गरी अघि बढ्नुपर्ने भन्दै गुरुङले परिवारजनमा समवेदना अर्पण गरे।

स्वर्गीय जुहारचनप्रति प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गरेको छ । सांसदहरुले उनको स्मरणमा एक मिनेट मौनधारण गरेका थिए ।

संविधानसभा सदस्य जुहारचनको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले शोक वक्तव्य प्रकाशित गरी श्रद्धाञ्जली अर्पण गरेको छ । उनले तत्कालीन पुष्पलाल समूहबाट विसं २०३० देखि राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि माओवादी केन्द्रमा आवद्ध उहाँ विसं २०६४ मा केन्द्रको समानुपातिक क्लस्टरबाट सांसद भई संविधानसभा सदस्य भएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ८ : २७ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात