२२ भदौ २०८३, सोमबार | September 7, 2026

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ



संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । व्यक्तिगत प्रयोजनका लागि खिचिएको गोपनिय फोटो र भिडियोहरु आफन्तको पठाउने तथा भिडियोमा रहेका ब्यक्तिसँग बार्गेनिङ गरेको अभियोगमा संखुवासभा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भोपुर षडानन्द नगरपालिका १ का २९ वर्षिय सुजन भुजेल र सोही स्थानका २१ वर्षिय बिपल राई रहेका छन् । प्रहरीका अनुसार उनीहरुले स्थानीय एक महिलाको व्यक्तिगत फोटो र भिडियो बनाई आफन्त र साथीहरुकोमा पठाउने तथा भिडियामा देखिएका पात्रहरुको मेसेन्जरमा पठाइदिने धम्की दिएर डर त्रास देखाउने गरेको पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो । दुबैजनालाई खाँदवारी नगरपालिका १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत चैनपुरबाट म्याद थप गरि अपराधिक लाभ तथा विद्युतिय अपराध कसुरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ९ : ४० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार