४ श्रावण २०८२, आइतबार | July 20, 2025

देवचुलीको टाइगर रिसोर्टमा आगलागी, पाँच जना घाइते, काठमाडौं रिफर



देवचुली । नवलपुरको देवचुली नगरपालिका–१७, पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्।

शुक्रबार राति रिसोर्टमा सेकुवा पोल्ने क्रममा कोइला उछिट्टिएर एक्कासी आगो सल्किएको थियो। आगोले रिसोर्टमा बसेका पाँच जनाको शरीरका विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

आगलागीबाट  कावासोती नगरपालिका–८,का ४४ बर्षीय प्रदिप कुमार भट्टराई , ४१ बर्षीय मिना पाैडेल , ६ बर्षीया बालिका अन्नी भट्टराई,  २६ बर्षीय आशिष् राना  र २४ बर्षीय अनुप गुरुङ  घाईते भएकाे सुचना अधिकारी मधु नेपालले बताए ।

घाईतेहरूकाे अनुहार तथा शरीरका विभिन्न भागमा जलेको प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार आगलागीको थप अनुसन्धान जारी छ। घटनास्थलमा तत्काल उद्धार गरी घाइतेहरूलाई भरतपुर  अस्पताल लगिएकाे  थप उपचारकाे लागि काठमाडौं रिफर गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले रिसोर्टहरूमा प्रयोग हुने चुलो तथा ज्वलनशील पदार्थहरूको प्रयोगमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : २४ बजे

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ

दाउन्ने सडकखण्ड एक वर्षमै ६३ पटक बन्द

नवलपरासी । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले

आज देशभर बदली हुने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।