१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

देवचुलीको टाइगर रिसोर्टमा आगलागी, पाँच जना घाइते, काठमाडौं रिफर



देवचुली । नवलपुरको देवचुली नगरपालिका–१७, पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्।

शुक्रबार राति रिसोर्टमा सेकुवा पोल्ने क्रममा कोइला उछिट्टिएर एक्कासी आगो सल्किएको थियो। आगोले रिसोर्टमा बसेका पाँच जनाको शरीरका विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

आगलागीबाट  कावासोती नगरपालिका–८,का ४४ बर्षीय प्रदिप कुमार भट्टराई , ४१ बर्षीय मिना पाैडेल , ६ बर्षीया बालिका अन्नी भट्टराई,  २६ बर्षीय आशिष् राना  र २४ बर्षीय अनुप गुरुङ  घाईते भएकाे सुचना अधिकारी मधु नेपालले बताए ।

घाईतेहरूकाे अनुहार तथा शरीरका विभिन्न भागमा जलेको प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार आगलागीको थप अनुसन्धान जारी छ। घटनास्थलमा तत्काल उद्धार गरी घाइतेहरूलाई भरतपुर  अस्पताल लगिएकाे  थप उपचारकाे लागि काठमाडौं रिफर गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले रिसोर्टहरूमा प्रयोग हुने चुलो तथा ज्वलनशील पदार्थहरूको प्रयोगमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : २४ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०