२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न



काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए ।

सडक विभागका महानिर्देशक डा विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाई ओभरको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे । तेइस दिन भित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए ।

पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटकपटक निरीक्षण र अनुगमन गरेपछि तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ६ : ०८ बजे

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस

स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व बढाउन बहस सुरु

बुटवल । संविधानले हरेक तहमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरेपछि