२३ भदौ २०८३, मंगलबार | September 8, 2026

प्रथम पालिका स्तरिय खुल्ला पुरुष डोरि तान (टग अफ वार) प्रतियोगिताको उपाधि फिजिकल फिटनेशलाई



बुटवल । बुटवलमा सम्पन्न प्रथम पालिका स्तरिय खुल्ला पुरुष डोरि तान (टग अफवार) प्रतियोगिताको उपाधि तिलोत्तमास्थित फिजिकल फिटनेशले चुमेको छ । नेपाल खेलकुद महासंघ रुपन्देही जिल्ला कमिटिको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको फाईनलमा विभागिय टिम शस्त्र प्रहरी (एपिएफ) लाई २-१ सेटमा पराजित गर्दै फिजिकल फिटनेश विजेता बनेको हो ।

उपाधिसंग फिजिकल फिटनेश नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता एपीएफ भने नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा योर्स मल्टिफिटनेश सैनामैनाले एक्स्ट्रिम फिटनेशले २-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

यसअघि भएको पहिलो सेमीफाईनलमा शसस्त्र प्रहरी बल एपिएफले सैनामैना फिटनेशलाई २–० सेटका तथा दोस्रो सेमीफाईनलमा फिजिकल फिटनेशले एक्स्ट्रिम फिटनेशले २-० ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

एक समारोहका बिच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरि, नेकपा एमाले प्रदेश सदस्य गोपाल राना, ज्ञानु केसी, बिमला श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, राखेप सदस्य हिमाल श्रेष्ठ, वडा नं ११ का कार्यवाहक वडाअध्यक्ष तथा रुपन्देही जिल्ला कमिटि सचिवालय सदस्य एवं खेलकुद इन्चार्ज नहकुल शाही, नेकोस केन्द्रिय सचिवालय सदस्य एवं रुपन्देही इन्चार्ज शंकर पाण्डे, महासंघका स्थाई कमिटि सदस्य मेघराज भट्टराईले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले परम्परागत र लोकप्रिय खेललाई प्रवद्र्धनको महत्वपूर्ण थालनी भएको भन्दै युवा खेलाडीहरुलाई प्रोत्साहन हुने गरि आगामी दिनमा निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल खेलकुद महासंघ, जिल्ला समिति रुपन्देहीका अध्यक्ष समुन्द्र श्रेष्ठले “खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्मः भौतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार” भन्ने मूल नारासहित आयोजना गरिएको बताए । आधुनिक युगमा विद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म यो खेल प्रतिस्पर्धात्मक रूपमा आयोजना हुँदै आएको भन्दै उनले शक्ति, सहकार्य र तालमेलको उत्कृष्ट समिश्रणको रूपमा डोरी तान खेल व्यवसायिक रूपमा स्थापित गर्न जरुरी रहेको बताए ।

प्रतियोगिता बेस्ट अफ थ्रि आधारमा खेलाईएको खेलमा २३ टिम सहभागी रहेको खेल संयोजक त्रिभुवन शर्मा पाण्डेले बताए । छ । सन् १९६० मा टग अफ वार इन्टरनेशनल फेडेरेसन (टिडब्लुआईएफ) स्थापना भएपछि यो खेलको नियम र मान्यता अन्तर्राष्ट्रिय रूपमा स्थापित हुँदै आएको छ । केही वर्षअघिसम्म यो खेल ओलम्पिकमा समेत समावेश थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  १० : २२ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर