२ पुस २०८२, बुधबार | December 18, 2025

संस्कृति जोगाउँदै समावेशी विकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र पहिचान संरक्षणमा योगदान पु¥याउने उल्लेख गरिएको छ । ‘हाम्रा मौलिक संस्कार, परम्परा, रीतिरिवाज र चाडपर्वहरू सामाजिक र सांस्कृतिक समृद्धिको बलियो आधार हुन् । भूमे पर्व आदिवासी जनजाति समुदायको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसले भूमि, प्रकृति र पूर्वजप्रतिको सम्मान प्रकट गर्छ ।’

प्रदेश सरकार यस्ता मौलिक पर्वहरूको संरक्षण गर्दै समावेशी विकासमा जोड दिन प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । भूम्या पूजाको सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारद्वारा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा असार १ गते आइतबार सम्वन्धित समुदायकालागि सार्वजनिक बिदा दिएको पनि जानकारी गराइएको छ ।

मुख्यमन्त्री आचार्यले यो पर्वले समुदायबीच एकता, सहकार्य र प्रकृति संरक्षणप्रतिको चेतना बढाउने विश्वास व्यक्त गर्नु भएको छ । साथै, उहाँले भूमे पर्व प्रदेशको मौलिकता झल्काउने अमूल्य धरोहरका रूपमा अझ मजबुत रूपमा स्थापित होस् भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : १६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल