११ चैत्र २०८२, बुधबार | March 26, 2026

संस्कृति जोगाउँदै समावेशी विकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र पहिचान संरक्षणमा योगदान पु¥याउने उल्लेख गरिएको छ । ‘हाम्रा मौलिक संस्कार, परम्परा, रीतिरिवाज र चाडपर्वहरू सामाजिक र सांस्कृतिक समृद्धिको बलियो आधार हुन् । भूमे पर्व आदिवासी जनजाति समुदायको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसले भूमि, प्रकृति र पूर्वजप्रतिको सम्मान प्रकट गर्छ ।’

प्रदेश सरकार यस्ता मौलिक पर्वहरूको संरक्षण गर्दै समावेशी विकासमा जोड दिन प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । भूम्या पूजाको सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारद्वारा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा असार १ गते आइतबार सम्वन्धित समुदायकालागि सार्वजनिक बिदा दिएको पनि जानकारी गराइएको छ ।

मुख्यमन्त्री आचार्यले यो पर्वले समुदायबीच एकता, सहकार्य र प्रकृति संरक्षणप्रतिको चेतना बढाउने विश्वास व्यक्त गर्नु भएको छ । साथै, उहाँले भूमे पर्व प्रदेशको मौलिकता झल्काउने अमूल्य धरोहरका रूपमा अझ मजबुत रूपमा स्थापित होस् भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : १६ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई