२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

आजको मौसम : कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ४५ बजे

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस