११ चैत्र २०८२, बुधबार | March 26, 2026

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट



हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज विहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।

आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीयवासी धनबहादुर रावतले जानकारी दिए । उनले भने, “आगो के कति कति कारणले लागेको भन्ने कुनै एकीन भएको छैन । सुरुमा आगलागी हुने गोठका धनि विर्ख रावतका परिवार सबै लेखको बस्तीमा बस्ने गर्दथे ।” सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका बताइएको छ । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ पीडित धनबहादुरले बताए । आगलागीबाट मानवीय क्षति कुनै भएको छैन् । सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ४४ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई