३ पुस २०८२, बिहिबार | December 18, 2025

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड



काठमाडौँ । पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड र महिला पर्यटन व्यवसायी सञ्जालको संयुक्त आयोजनामा भएको व्यवसायीहरुको क्षमता तथा व्यवसाय प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमका बक्ताहरुले आयआर्जन, रोजगारी सिर्जना र आर्थिक सबलीकरणका लागि पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्ने धारणा राखेका छन् ।

सञ्जालकी अध्यक्ष निर्मला धमलाको सभापतित्वमा भएको सो समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणा, महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञावाली, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिं ऐर, नेपाल ट्रेकिङ् एजेन्ट्स् एसोसिएसनका अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, नाट्टाका वरिष्ठ उपाध्यक्ष जिसुवा तुलाधारलगायतले पर्यटन व्यवसायका विभिन्न क्षेत्रहरुमा महिलाले विशिष्ट योगदान दिनसक्ने हुँदा उनीहरुलाई यसतर्फ आकर्षित गराउन सरकार र निजी क्षेत्रबाट ठोस योजना र कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।

तीन दिनसम्म सञ्चालन गरिएको सो प्रशिक्षणमा पर्यटनमा महिलाहरु संलग्न हुनसक्ने क्षेत्रहरुको पहिचान, कम्पनी सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया, कर प्रणालीलगायतका विषयमा छलफल भएको सञ्जालकी उपाध्यक्ष जया बरालले जानकारी दिइन् । प्रशिक्षणमा विभिन्न सङ्घसंस्थामा संलग्न ५५ जना महिलाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : २० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका