३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलको अभियान पथमा वाउण्ड्री पर्खाल निर्माणको शिलान्यास



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० को अभियान पथमा वाउण्ड्री पर्खाल निर्माणको शिलान्यास गरिएको छ । प्रदेश प्रहरी तालिम केन्द्रदेखि मध्यपश्चिम पृत्तना हेडक्वार्टरतर्फ गरी ४६८ मिटर लम्बाईको पर्खाल निर्माणको काम सोमबारदेखि सुरु भएको हो ।

१ करोड ९ लाख ११ हजार लागत रहेको पर्खालको निर्माण काम यही असोज ३ गते सकिने बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पर्खालको शिलन्यास गर्दै पर्खाल निर्माणसँगै अभियान पथलाई ५१ फुट कायम हुने गरी सडक निर्माण गरिने बताए ।

नालीसहितको सडक नहुँदा चौराहामा डुबानको समस्या हुने गरेको मेयर पाण्डेयले स्मरण गर्दै नालीसहितको सडक निर्माण हुने र ३ फुटको पैदल यात्री मैत्री सडक बन्ने बताए । उनले अब बन्ने सडक पैदल यात्रु हिड्ने फुटपाटसहितको बजारमैत्री सडक बुटवलमा बन्ने बताए ।

उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले समयमा नै काम सम्पन्न नहुँदा जनतामा नैराश्यता पैदा हुने भएकाले समयमा नै काम सम्पन्न गर्नको लागि निर्माण कम्पन्नीलाई निर्देशन दिइन । वाउण्ड्री पर्खाल निर्माणको लागि मात्र उपमहानगरपालिकाले १ करोड ६० लाख बजेट बिनियोजन गरेको बताउँदै उनले अभियान पथलाई बजार मैत्री सडक निर्माण गरिने बताइन ।

बुटवल उपमहानगरपालिकाका ईन्जिनियर गोविन्द पंगेनीले पर्खाल निर्माणको लागि १ करोड ६० लाख बजेट बिनियोजन गरिएको र १ करोड ९ लाख ११ हजारमा बडिमालिका कन्ट्रक्सन प्रालिसँग उमहानगरपालिकाले ठेक्का सम्झौंता गरेको जानकारी दिए ।

२०८२ असोज ३ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौंता भएको हो । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र तर्फ २०० मिटर र नेपाली सेनाको मध्यपश्चिम पृत्तना हेडक्वाटर तर्फ २६८.५० मिटर लम्बाईको पर्खाल निर्माण गरिने उनले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष बलबहादुर पुनको अध्यक्षतामा आयोजना गरिएको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष सिंह राठोर , वडा सदस्य रमेश अधिकारी लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ५२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका