२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोषी भारतीय कांग्रेस : सांसद डा. निशिकान्त दुबे



काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ सांसद तथा गोड्डा निर्वाचन क्षेत्र (झारखण्ड) बाट चौथो कार्यकालका लागि निर्वाचित डा। निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन्।

सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा आफ्नो धारणा सार्वजनिक गर्दै दुबेले ऐतिहासिक घटनाक्रमको सिलसिलामा कांग्रेस नेतृत्वको भूमिका र त्यसबाट भारत तथा नेपाल दुबैले बेहोर्नु परेको नतिजामाथि प्रकाश पारेका छन्।

‘सन् १९८८ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपालको भ्रमणमा गएका थिए। उनले पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहेका थिए, तर मन्दिर प्रशासनले गैर–हिन्दूलाई प्रवेश निषेध गर्ने नीतिअनुसार अनुमति दिएको थिएन र त्यसपछि भारतले नेपालमा पठाइने सामग्रीहरूमा सीमा शुल्क बढाएर आर्थिक दबाब सिर्जना गर्‍यो।’ दुबेले लेखेका छन् ।

दुबेले उल्लेख गरेका छन् कि ‘उक्त दबाब पछि नेपालका तत्कालीन राजा वीरेन्द्रले युद्धको सम्भावनालाई ध्यानमा राख्दै चीनसँग हतियार र खाद्यान्न आपूर्तिका लागि समझौता गरेका थिए । यसको प्रतिक्रियास्वरूप भारतले सन् १९८९ मा नेपालमाथि औपचारिक आर्थिक नाकाबन्दी गर्‍यो।’

उनले दाबी गरेका छन् कि ‘त्यसपछि भारतीय गुप्तचर संस्था रअका अधिकारी अमर भूषणलाई नेपालमा सक्रिय गराई राजा वीरेन्द्रलाई हटाउने र चीन समर्थित माओवादी नेता प्रचण्डलाई सत्तामा ल्याउने रणनीति अघि बढाइएको थियो।’ सोही प्रक्रियाबाट नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रमा परिणत भएको उनले उल्लेख गरेका छन्।

डा. दुबेको अनुसार भारतीय कांग्रेसले धार्मिक मूल्यमान्यता र छिमेकी राष्ट्रहरूको संवेदनशीलता नबुझी अहंकारी र वंशवादी नीति अपनाएको कारण नेपालजस्तो ऐतिहासिक हिन्दू राष्ट्रले आफ्नो पहिचान गुमाउनु परेको हो।

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा यसबारे चर्को बहस शुरु भएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ०७ बजे

सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन रास्वपा सभापति लामिछानेले गरे कामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

काठमाडौं । यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब

खाद्य स्वच्छता मापदण्ड पूरा गर्ने १७९ प्रतिष्ठानमा बुटवलको कस्तुरी मिष्ठान भण्डार

बुटवल । तिहार नजिकिँदै गर्दा मिठाईको माग र कारोबार बढेको