३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवल उपमहानगरपालिकाद्वारा बुटवल कृषि उपज थोक बजार केन्द्रमा अनुगमन तथा विषादी परीक्षण



बुटवल । बुटवल उपमहानगरपालिकाले मंगलबार बुटवलमा फलफूल तथा तरकारीको नमुना संकलन गरी विषादी परीक्षण गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले बुटवल-६ स्थित कृषि उपज थोक बजार केन्द्रमा विभिन्न फलफूल तथा तरकारीको १४ वटा नमुना संकलन गरि परीक्षणका लागि ल्यावमा पठाएको हो ।

उपप्रमुख अर्यालले पूर्वी नेपालमा विषादीयुक्त फलफूल तथा तरकारी भित्रिएको हल्लापछि बुटवलमा पनि यसको अवस्था बारे जानकारी लिने उद्देश्यले अनुगमन गरि नमुना परीक्षण गरिएको जानकारी दिइन । उपमहानगरपालिका उपभोक्ताको स्वास्थ्यमा सचेत रहेको बताउँदै उनले गुणस्तरीय र उपभोगयोग्य खाद्यवस्तु मात्रै बजारमा विक्री गर्नु पर्ने कुरामा जोड दिइन ।

मंगलबार संकलन गरिएको नमूना परीक्षणमा विषादीका मात्रा नभेटिएको बुटवल कृषि उपज थोक जबार केन्द्रका नायव प्राविधिक सहायक दिनेश यादवले जानकारी दिए । बुटवलको थोक बजार केन्द्रमा हरेक दिन फलफूल तथा तरकारीको विषादी परीक्षण हुने गरेको जानकारी गराउँदै उनले मंगलबार उपमहानगरको अनुगमन टोलीसहित गरिएको नमुना संकलन र परीक्षमा पनि सामान्य नै भेटिएको जानकारी दिए ।

उपमहानगरका अनुगमन तथा मुल्याङ्कन शाखाका प्रमुख ठगिश्वर पोखरेल र प्राविधिक टोली, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जि।सी, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य सदस्य काशीराम पौडेल लगायतको सहभागिता रहेको थियो । बजार अनुगमनका क्रममा थोक बजार भित्र दर्ता नभएका पसलहरु सञ्चालनमा रहेका, थोक बजार केन्द्र सञ्चालन समितिले सरसफाई तथा व्यवस्थापनमा लापरवाही गरेका लगायतका गुनासोहरु आएको उपप्रमुख अर्यालले जानकारी दिइन् । नियमनका लागि सम्बन्धित वडा तथा समितिलाई सचेत गराइने उनले बताइन् ।

नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत फलफूल तथा तरकारी संकलन तथा विक्री वतरण हुने बुटवल कृषि उपज थोक बजार केन्द्रमा हरेक दिन कार्वामेट अन्तरगत पर्ने २ प्रकारका विषादी तथा अर्गेनो फास्टफेड अन्तरगत पर्ने ८ प्रकारका विषादीको नमुना परीक्षण गर्ने गरिन्छ । यसबाहेक फलफूल तथा तरकारीमा अन्य विषादी प्रयोग भएमा उक्त परीक्षणका लागि ल्याव सेवा उपलब्ध रहेको छैन ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ५४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका