२ पुस २०८२, बुधबार | December 17, 2025

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं । रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाड्न आदेश गरेका हो ।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । गत जेठ ११ मा मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको हो ।

यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो । यसअघि राप्रपा महामन्त्री धवलशमशेर राणा पनि तीन लाख धरौटीमै रिहा भएका थिए । मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो ।

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत प्रतिवादी बनाइएका दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । अरु धरौटीमा रिहा भएका छन्। मिश्र र राणाबाहेकलाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी माग गरिएको थियो ।

यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र अरुको थुनछेकपछि मात्रै अदालतमा उपस्थित भएका हुन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : २६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन