३१ असार २०८३, बुधबार | July 15, 2026

विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा



काठमाडौँ । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीलाई सरूवा, पदस्थापन तथा काज खटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव राजुराज कडरियालाई गोरखा, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारका महानिर्देशक सुरेश पन्थीलाई भोजपुर, गुल्मीका प्रजिअ जनार्दन गौतमलाई डडेलधुरा, मन्त्रालयकी सहसचिव सुनिता नेपाललाई इलामको प्रजिअमा सरूवा गरिएको छ भने इलामकी प्रजिअ कल्पना श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

मन्त्रालयले आज सार्वजनिक गरेको सरूवा विवरणअनुसार बैतडीका प्रजिअलाई दीर्घराज उपाध्याय र डोटीका प्रजिअ मोहनराज जोशीलाई गृह मन्त्रालय ल्याइएको छ । मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारमा खटाइएको छ ।

सल्यानकी प्रजिअ सावित्रा पुनलाई सहायक प्रजिअका रूपमा डडेलधुरा पठाइएको छ भने गृह मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीलाई सल्यानको प्रजिअमा सरूवा गरिएको छ ।

गृहका सहसचिव केदारनाथ शर्मालाई जुम्ला, गृहका सहसचिव वासुदेव दाहाललाई रोल्पा, गोरखाका प्रजिअ पुण्यविक्रम पौडेललाई बैतडीको प्रजिअमा खटाइएको छ भने डडेलधुराका प्रजिअ चोमेन्द्र न्यौपानेलाई गृह मन्त्रालय ल्याइएको छ ।

यस्तै अध्यागमन कार्यालय गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दिनेशसागर भुसाललाई सिन्धुलीको प्रजिअमा पठाइएको छ भने भोजपुरका प्रजिअ नरबहादुर थापालाई गृह मन्त्रालयमा ल्याइएको छ ।

यस्तै रोल्पाका प्रजिअ खिमबहादुर रायमाझीलाई गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ । गृह मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरूङलाई डोटीको प्रजिअमामा पठाइएको छ भने सिन्धुलीका प्रजिअ लीलाप्रसाद शर्मालाई गृह मन्त्रालयमा ल्याइएको छ । जुम्लाका प्रजिअ रामबहादुर शाहीलाई सप्तरीको प्रजिअमा सरूवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : १५ बजे

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार