१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप



काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई निलम्बन गरेको छ।

गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम आफूले दिएको निर्देशन पटक–पटक पालना नगरेको र संस्थाको स्वीकृत विधान तथा मूल उद्देश्यविपरीत गतिविधि गरेको भन्दै एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको जनाएको छ।

मन्त्रालयका अनुसार एनप्याब्सनले मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लंघन गर्दै आएको थियो। साथै, संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पनि मन्त्रालयको ठहर छ।

यसअघि मन्त्रालयले गत २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालाहरूलाई बोलाएर छलफल गरेको थियो। उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको थियो।

तर, छलफलपछि पनि मन्त्रालयको निर्देशनअनुसार गतिविधि सञ्चालन भएको नदेखिएकाले निलम्बनको निर्णय गर्नुपरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको छ।’

निलम्बनसम्बन्धी निर्णयसँगै मन्त्रालयले एनप्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गतिविधि सञ्चालन गर्न नपाउने चेतावनीसमेत दिएको छ। त्यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

सरकारको स्वीकृतिमा सञ्चालन हुँदै आएको निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठनमाथि सरकारले निलम्बनको निर्णय गरेपछि संस्थाको आगामी गतिविधि र सांगठनिक अवस्थाबारे चासो बढेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ३ : ५२ बजे

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

पाँच दशमलव ४५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे