१२ पुस २०८२, शनिबार | December 28, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला पक्राउ, मलद्वारमा भेटियो १ किलो सुन



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ ।

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । खेमानीले मलद्वारमा सुन लुकाएकी थिइन् । मलद्वारभित्र कालो प्लास्टिकमा बेरेको अवस्थामा तीन डल्ला पोकामा सुन फेला परेको हो । उक्त सुन बरामद गरेर विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  २ : ३२ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका